पोखरा भद्रकालीमा नि:शुल्क छात्ती तथा फोक्सो रोग स्वास्थ्य शिविरमा १ सय १३ जनाले लिए सेवा

पाेखरा | पुस २७, २०८१

पोखरा भद्रकालीमा नि:शुल्क छात्ती तथा फोक्सो रोग स्वास्थ्य शिविरमा १ सय १३ जनाले लिए सेवा

पोखरा:    पोखरा महानगरपालिका वडा नं. १३ भद्रकालीमा नाशिका मेडिकेयर प्रा.लि. र सिप्ला लिमिटेडको प्राविधिक सहयोगमा निःशुल्क छात्ती तथा फोक्सो रोग स्वास्थ्य शिविर सम्पन्न भएको छ।


वरिष्ठ छातीरोग विशेषज्ञ डा. शैलेश गुरुङको नेतृत्वमा आयोजित शिविरमा ११३ जना बिरामीहरूले निःशुल्क स्वास्थ्य सेवा लिएका छन्। शिविरमा पल्मोनरी फङ्सन टेस्ट (पीएफटी)द्वारा ७१ जना बिरामीहरूको फोक्सोको स्वास्थ्य परीक्षण गरिएको थियो। 


कार्यक्रमको उद्घाटन डा। चन्दन श्रेष्ठले गर्नुभएको थियो। शिविरमा जाडोयाममा दम, अस्थमा तथा सासप्रस्वासका समस्या बढ्ने भएकाले फोक्सोको नियमित परीक्षण आवश्यक रहेको सुझाव डा. शैलेश गुरुङले दिनुभएको छ।


नाशिका मेडिकेयर प्रा.लि. र सिप्ला लिमिटेडका प्राविधिक प्रतिनिधि सञ्जिव रोक्काको सहयोगमा सम्पन्न उक्त शिविरले स्थानीयस्तरका बिरामीहरूलाई राहत दिएको छ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्